गगन थापाको वडा काठमाडौं-३० मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर ३० को अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित भएका छन्। यो कांग्रेस महामन्त्री गगनकुमार थापाको निवास रहेको वडा हो ।

गगन थापाको वडा काठमाडौं-३० मा कांग्रेसको प्यानलै विजयी

निवर्तमान अध्यक्ष कार्कीले २ हजार ६१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९ सय ४८ मत प्राप्त गरेका छन् ।

सो वडामा ४ हजार ९ सय १ मत खसेको थियो। काठमाडौं महानगरपालिकाका १,२, ३, ४ र ५ नम्बर वडाको परिणाम यसअघि नै सार्वनजिक भएको छ ।

सबै वडा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?