गगन थापाको वडा काठमाडौं-३० मा कांग्रेसको प्यानलै विजयी

जेष्ठ ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर ३० को अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित भएका छन्। यो कांग्रेस महामन्त्री गगनकुमार थापाको निवास रहेको वडा हो ।

निवर्तमान अध्यक्ष कार्कीले २ हजार ६१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९ सय ४८ मत प्राप्त गरेका छन् ।

सो वडामा ४ हजार ९ सय १ मत खसेको थियो। काठमाडौं महानगरपालिकाका १,२, ३, ४ र ५ नम्बर वडाको परिणाम यसअघि नै सार्वनजिक भएको छ ।

सबै वडा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully