कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

हरि गौतम

रुकुम पश्चिम — उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार तेम्बा गुरुङलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ निर्वाचित भए । कार्माले ५ सय ३५ मत ल्याएका छन् भने तेम्बाको पक्षमा ३ सय २ मत आएको छ ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

तेम्बा निवर्तमान अध्यक्ष पनि हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तेम्बा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका छन् । अर्को उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । ६ वडा रहेको डोल्पोबुद्धका ४ वडाका जनप्रतिनिधि निर्विरोध निर्वाचित भए भने २ वडामा मात्रै निर्वाचन भयो । निर्वाचन भएका १ र ३ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ ५, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?