रामेछापको मन्थली नगरपालिकामा एमाले विजयी

जेष्ठ ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — रामेछापको मन्थली नगरपालिका प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका लव श्रेष्ठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत मन्थली नगरपालिका श्रेष्‍ठ ९ हजार ७ सय १८ मत ल्याई विजयी भएका हुन् । 

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार विनोदकुमार कार्कीलाई ५ सय ९६ मतान्तरले पराजित गरेका हुन् । पराजित विनोदकुमार कार्कीले ९ हजार १ सय २२ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकै ईश्वरी बस्नेत विजयी भएकी छन् । बस्नेत ९ हजार १ सय ६१ मतका साथ विजयी भएकी हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट नगरपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी यशोदा श्रेष्ठलाई १ सय ७ मतान्तरले पराजित गरेकी हुन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully