कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार सूर्यविनायक नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । उनले १४ हजार ७ सय ५८ मत ल्याई विजयी भएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित निशान ढुंगेलले १३ हजार २३२ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई(तिमिल्सिना) विजयी भएकी छन् । उनले १४ हजार ४ सय ९० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?