पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा एमाले विजयी

जेष्ठ ५, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा बहुमतसहित एमाले विजयी भएको छ । मेयरमा भीमलाल अधिकारीले १६ हजार २ सय १२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १ सय ५ ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी १४ हजार ५ सय ६४ मत पाएकी हुन् । 

मध्यबिन्दुमा एमालेले १० वटा वडा र कांग्रेसले ५ वटा वडामा विजय प्राप्त गरेका छन् । मध्यबिन्दुमा यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरमा बहुमतसहित नेपाली कांग्रेस विजयी भएको थियो । 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully