माेरङकाे बुढीगंगा गाउँपालिकामा कांग्रेस विजयी

जेष्ठ ५, २०७९

देवनारायण साह

मोरङ — मोरङको बुढीगंगा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर र उपाध्यक्षमा कांग्रेसकै निवर्तमान उपाध्यक्ष अमृताकुमारी गच्छदार निर्वाचित भएकी हुन् ।

थापाले एमालेका उम्मेदवार बलभद्र सरदार थारूलाई ४ सय १९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढीगंगा गाउँपालिकाका निर्वाचन अधिकृत मणािराम पाेखरेलका अनुसार अध्यक्षमा गाउँपालिकाले ८ हजार २ सय ९९ मत र गच्छदारले उपाध्यक्षमा ९ हजार ५० मत ल्याएर निर्वाचित भएका हुन् ।

थापाका निकटतम प्रतिद्वन्द्वी निवर्तमान थारूले ७ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गच्छदारकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसी कुमारी कुँवरले ६ हजार २ सय २३ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फाेरम (लाेकतान्त्रिक)का बालचन्द्र माझीले अध्यक्षमा ५ हजार ३ सय ७२ र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष गच्छदारले तत्कालीन मधेसी जनअधिकार फाेरम (लाेकतान्त्रिक) बाट ४ हजार ९ सय ७२ मत ल्याएर जितेका थिए ।

७ वटा वडा रहेको बुढीगंगामा कांग्रेसले वडा नम्बरहरू १, २, ३, ४ र ६, माओवादी केन्द्रले वडा ५ र एमालेले वडा नम्बर ७ काे अध्यक्ष जितेकाे छ ।

स्थानीय तह निर्वाचन २०७९

देवनारायण

Link copied successfully