काठमाडौँ — बाराको जीतपुर सिमरा उपमहानगरपालिका मेयरमा नेपाल माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन् ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा पहिलो पटक उपमहानगरपालिकाको परिणाम आएको हो । पौडेलले १८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।
उपमेयरतर्फ एमालेका अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । अधिकारीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मेघा शाही रहिन । उनले १५ हजार ८ सय ४२ मत प्राप्त गरेकी हुन् । सो उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन रहेको थियो ।
२०७४ सालमा भएको स्थानीय तह चुनावमा एमालेले मेयर र उपमेयर जितेको थियो ।
