१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कपिलवस्तुमा जसपाको पहिलो जित

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको पहिलो परिणाम जसपाको पक्षमा गएको छ । सदरमुकाम तौलिहवा रहेको जिल्लाकै पुरानो कपिलवस्तु नगरपालिका नगर प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन् । उनले ११ हजार ९०६ मत ल्याई विजयी बनेका हुन् ।

कपिलवस्तुमा जसपाको पहिलो जित

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार गुप्तले ८ हजार ७ सय ८२ मत ल्याएका थिए । त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता विजयी भएकी छन् । उनले ९ हजार ५ सय ७० मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसादेवी पाण्डेले ९ हजार ३ सय ७९ मत ल्याएकी छन् । जिल्लाको १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मत गणना भइरहेको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ २३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?