कपिलवस्तुमा जसपाको पहिलो जित

जेष्ठ ४, २०७९

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको पहिलो परिणाम जसपाको पक्षमा गएको छ । सदरमुकाम तौलिहवा रहेको जिल्लाकै पुरानो कपिलवस्तु नगरपालिका नगर प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन् । उनले ११ हजार ९०६ मत ल्याई विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार गुप्तले ८ हजार ७ सय ८२ मत ल्याएका थिए । त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता विजयी भएकी छन् । उनले ९ हजार ५ सय ७० मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसादेवी पाण्डेले ९ हजार ३ सय ७९ मत ल्याएकी छन् । जिल्लाको १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मत गणना भइरहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully