कालिञ्‍चोकमा गठबन्धन विजयी

जेष्ठ ४, २०७९

केदार शिवाकोटी

दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी विजयी बनेका छन् । शिवाकोटी ५ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशले ४ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी विजयी भएका छन् । उनले ७ हजार ७ सय १८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता थामीले ४ हजार ९ सय ७१ मत प्राप्त गरिन् । कालिञ्चोकका ९ वडामध्ये वडा नं–१ मा नेकपा एमालेका उम्मेदवार विजयी भए भने अन्य ८ वडामा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान ४ वडामा विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

केदार

Link copied successfully