पर्सा — पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमोद तिवारी र उपाध्यक्षमा एमालेकी ज्योतिदेवी चौरसिया विजयी भएकी छन् ।
तिवारीले ४१४१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनयकुमार चौरसियाले ३४६८ मत प्राप्त गरे । उपमेयरमा निर्वाचित ज्योतिदेवी २३६६ मत प्राप्त गरेकी छिन् भने दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी सुनिता चौरसियाले २२८७ मत प्राप्त गरेकी छिन् ।
