१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तिलाठी कोइलाडीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अवधेशकुमार झा

सप्तरी — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार अरुणकुमार मण्डल विजयी भएका छन् । उनले ५ हजार ४ सय ५७ मत ल्याई विजयी भएका छन् ।

तिलाठी कोइलाडीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

उनले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सतिशकुमार सिंहलाई १ हजार ८ सय ८२ मतान्तरले पराजित गरेका हुन् । पराजित सतिशकुमार सिंहले ३ हजार ५ सय ७५ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसबाट फुलकुमारी साह निर्वाचित भइन् ।उनले ३ हजार ६ सय ८१ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले २९ सय ४ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?