खैरहनी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

जेष्ठ ४, २०७९

रमेशकुमार पौडेल

चितवन — चितवनको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालमणि चौधरीको १३ हजार ६९५ मत आयो । चौधरी ७४ सालमा मेयरमा विजयी भएका थिए । खैरहनीमा सत्तारुढ गठबनधनसँग एमाले एक्लै लडेको थियो ।

उपमेयरमा सत्तारुढ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी लक्ष्मी ढकाललाई एमालेकी कविता उप्रेतीले पराजित गरेकी हुन् । उप्रेतीको १३ हजार २५ मत आउँदा ढकालको ९ हजार ५५ मत आयो । खैरहनी नगरपालिकामा कुल १३ वटा वडा रहेका छन् । जसमा ७ वटामा एमाले र ६ वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।  

स्थानीय तह निर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully