कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खैरहनी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रमेशकुमार पौडेल

चितवन — चितवनको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भए ।

खैरहनी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालमणि चौधरीको १३ हजार ६९५ मत आयो । चौधरी ७४ सालमा मेयरमा विजयी भएका थिए । खैरहनीमा सत्तारुढ गठबनधनसँग एमाले एक्लै लडेको थियो ।

उपमेयरमा सत्तारुढ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी लक्ष्मी ढकाललाई एमालेकी कविता उप्रेतीले पराजित गरेकी हुन् । उप्रेतीको १३ हजार २५ मत आउँदा ढकालको ९ हजार ५५ मत आयो । खैरहनी नगरपालिकामा कुल १३ वटा वडा रहेका छन् । जसमा ७ वटामा एमाले र ६ वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?