वीरगन्ज — पर्साको पर्सागढी नगरपालिकामा एमालेका गोकर्ण पाठक र पूजा चौधरी उम्मेदवार विजयी भएका छन् । मेयरमा निर्वाचित पाठकले ७ हजार ७२४ मत ल्याएका छन् ।
निवर्तमान मेयर समेत रहेका कांग्रेसका उम्मेदवार लोकनारायण यादवलाई पाठकले २ हजार ८९१ मतले पराजित गरेका हुन् । यादवले तीन हजार ७३३ मत प्राप्त गरेका छन् । उपमेयरमा विजयी भएकी एमालेकी चौधरीले ७ हजार ६१६ मत ल्याइन् ।
उनले निवर्तमान उपमेयर तथा कांग्रेसकी उम्मेदवार अर्चना चौधरीलाई ४ हजार १८६ मतले पराजित गरिन् । कांग्रेसकी अर्चनाले ३ हजार ४३० मत प्राप्त गरेकी छन् ।
