व्यासको रिस्तीमा मतदान सकियो, ९९५ मत खस्यो

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा बुधबार पुन: मतदान सकिएको छ । रिस्ती गाविस भवन फेदी (क) र (ख) मा भएको मतदान केन्द्रमा ९९५ मत खसेको मतदान अधिकृत नारायणप्रसाद ढकालले जानकारी गराएका छन् । 

व्यासको रिस्तीमा मतदान सकियो, ९९५ मत खस्यो

रिस्तीको (क) र (ख) मतदान केन्द्रमा १ हजार ५७६ मतदाता छन् । गत वैशाख ३० गते भएको निर्वाचनका दुवै केन्द्रमा ९२२ मत खसेको थियो ।

स्थानीय निर्वाचनअन्तर्गत वैशाख ३० गते आयोजित मतदान कार्य निर्वाचन आयोगले रद्द गरी पुन: मतदान गरिएको हो । उक्त दिन दिउँसो व्यासका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?