पश्चिम नवलपरासीको सरावलमा एमालेका चौधरी विजयी 

जेष्ठ ४, २०७९

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन्  । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे   ।

चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरेकी हुन् ।  हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३ सय ४९ छ । निवर्तमान गाउँपालिका प्रमुख राधेश्याम चौधरी कांग्रेस उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका थिए । 

स्थानीय तह निर्वाचन २०७९

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully