मकवानपुरको बकैयामा कांग्रेसका धर्म लामिछाने विजयी

सुवास विडारी

मकवानपुर — मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका धर्म लामिछाने विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरला बोलखेलाई पराजित गरेका हुन् । २१ हजार ७७१ मत खसेको बकैयामा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार २९२ मत प्राप्त गरे भने पराजित बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् । 

मकवानपुरको बकैयामा कांग्रेसका धर्म लामिछाने विजयी

त्यस्तै पालिका उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित खत्रीले ९ हजार ५२२ मत प्राप्त गरे । एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?