सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा माओवादी केन्द्रका स्याङ्बो विजयी 

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङ्बो ५ हजार ५७२ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसका हिमाल श्रेष्ठले ४ हजार ७६८ मत ल्याएर विजयी भए ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा माओवादी केन्द्रका स्याङ्बो विजयी 

सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीका साझा उम्मेदवार स्याङ्बो र कांग्रेस नेता श्रेष्ठ भारी मतले निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जयबहादुर लामाले ४ हजार ४१५ र उपाध्यक्ष प्रतिद्वन्द्वी सुनिता थापा तामाङले ३ हजार ७०७ मत ल्याइन् ।

टिकट नपाएको झोंकमा जयबहादुरले कांग्रेस त्यागेर एमालेबाट उम्मेदवार बनेका थिए । लामा एमालेबाट उभिएपछि कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन सशक्त बनेको थियो । अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा एमालेका होमनारायण श्रेष्ठसँग स्याङ्बो पराजित भएका थिए ।


प्रकाशित : जेष्ठ ४, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?