निलम्बित सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ

जेष्ठ ४, २०७९

कान्तिपुर संवाददाता

मुगु — जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले मंगलबार दिउँसो पेस्तोलसहित पक्राउ गरेको छ । खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए ।

पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने उनको बताए । खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully