बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा एमालेका शाही, उपाध्यक्षमा बिष्ट निर्वाचित

जेष्ठ ४, २०७९

अर्जुन शाह

बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार कालीबहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकै मरुकला बिष्ट निर्वाचित भइन् । एमाले उम्मेदवार शाहीले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुन्दरबहादुर बिष्टले भन्दा ४४९ मत बढी ल्याएर निर्वाचित भएका छन् ।

शाहीले २ हजार ३१९ मत पाएका छन् भने बिष्टले एक हजार ८७० मत पाए । शाही एमाले बाजुरा अध्यक्ष एवम् निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार मरुकला बिष्टले एकीकृत समाजवादीका धर्मबहादुर शाहीलाई ५०५ मतान्तरले पराजित गरिन् । निर्वाचित बिष्टले २ हजार १७८ मत पाएका छन् भने पराजित शाहीले एक हजार ६७३ मत प्राप्त गरे । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully