महोत्तरी — महोत्तरीको मनरा शिसवा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसका मोहन पाण्डे ५ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा कांग्रेसकी शकुन्तला देवी ५ हजार ७ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् ।
मेयर पदमा पाण्डेका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९ सय २० मत पाएका छन् । त्यस्तै, उपमेयरमा जसपाकी निर्मलाकुमारी देवी सिंहले ४ हजार ८ सय ४२ मत प्राप्त गरेको निर्वाचन कार्यालय मनरा शिसवाले जनाएको छ ।
