दैलेख दुल्लुको मेयरमा कांग्रेसका उम्मेदवार विजयी 

जेष्ठ ४, २०७९

ज्योति कटुवाल

दैलेख — दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका भरत रिजाल १ सय ३१ मतान्तरले विजयी भएका हुन् । उनले ७ हजार ७ सय २३ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी एमालेका रुद्र शाहीले ७ हजार ५ सय ९२ मत ल्याए ।

यस्तै, उपप्रमुखमा एमालेकी बिना कार्की विजयी भएकी छन् । उनले ७ हजार १ सय २४ मत ल्याएकी छन् भने माओवादीका प्रमोद खड्काले ७ हजार ०८७ ल्याएका छन् । १३ वडा रहेको यो नगरपालिकामा एमालेले ६ वडामा जितेको छ भने ४ वडामा माओवादीले जितेको छ । यस्तै कांग्रेसले ३ वडामा जित हासिल गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully