१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पाल्पाको बगनासकालीमा एमाले विजयी

माधव अर्याल

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) र उपाध्यक्षमा एमालेकै हरि पाठक विजयी भएका छन् । अध्यक्षमा विजयी भएकी दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् ।

पाल्पाको बगनासकालीमा एमाले विजयी

बगनासकालीमा एमाले र कांग्रेस दुवैले महिला उम्मेदवार दिएका थिए । यसैगरी उपाध्यक्षमा एमालेकै पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) ले ४ हजार ७ सय ७८ मत पाए ।

बगनासकालीमा नौ वडामध्ये ६ वडामा एमालेले जित हासिल गरेको छ । तीन वडामा कांग्रेसले जितेको छ । चिर्तुङधारा, चापपानी र यम्घामा कांग्रेसले जितेको छ । पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, खानीगाउँ र बराङदीमा एमालेका वडाध्यक्ष उम्मेदवारले जितेका छन् । बगनासकाली गाउँपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?