दोलखाका दुई पालिकामा कांग्रेस र एक-एक पालिकामा एमाले तथा माओवादीको अग्रता

केदार शिवाकोटी

दोलखा —  दोलखाको जिरी नगरपालिका र कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै नेकपा एमालेले मेलुङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा अग्रता लिएको छ । माओवादी केन्द्रले शैलुङ गाउँपालिकामा अग्रता बनाएको छ । जिरी नगरपालिकामा नेपाली कांग्रेसका लाक्पा शेर्पाले ६ सय ५८ मत ल्याएर अग्रता बनाएका छन् ।

दोलखाका दुई पालिकामा कांग्रेस र एक-एक पालिकामा एमाले तथा माओवादीको अग्रता

यस्तै जिरीमा स्वतन्त्र उमेदवार गल्वु शेर्पाले २ सय र नेकपा एमालेका मित्र जिरेलले १ सय ६१ मत ल्याएर पछ्याइ रहेका छन् । उपप्रमुख पदमा जिरीमा माओवादी केन्द्रका तेज बहादुर तामाङले ३ सय ३४ मत ल्याएर अग्रता बनाएका छन् भने एमालेकी कृष्णमाया बुढाथोकीले २ सय १९ मत प्राप्त गरेकी छिन् ।

कालिञ्चोकमा कांग्रेसका अर्जुन शिवाकोटीले २ सय ३४ मतसहित अग्रता बनाएका छन् । नेकपा एमालेका गणेश शिवाकोटीले १ सय ८८ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी कविता थामीले २ सय ३० मत ल्याएकी छिन् । उपप्रमुखमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले १ सय ८३ मत ल्याएका छन् । मेलुङ प्रमुखमा हिराकुमार थोकरले ५६ मत ल्याएर सुरुवाती अग्रता बनाएका छन् । उपप्रमुखमा एमालेकी गायत्री आचार्यले ६३ मत ल्याएकी छिन् । नेकपा समाजवादीका रविन्द्र कार्कीले २८ मत ल्याएका छन् भने उपप्रमुखमा भक्त तामाङले २५ मत ल्याएका छन् ।

शैलुङमा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठले १ सय ८८ मत ल्याएर अग्रता बनाएका छन् । नेकपा एमालेका धनबहादुर तामाङले १ सय ७० मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका दावादोर्जे तामाङले १ सय ८४ मत ल्याएका छन् भने एमालेकी पार्वती कार्कीले १ सय ७६ मत ल्याएकी छिन् । ९ स्थानीय तह मध्ये ५ वटा स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?