२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

धरानमा कांग्रेसको अग्रता

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरको प्रारम्भिक मत गणनामा गठबन्धन दल कांग्रेसका मेयर उम्मेदवार किशोर राईले अग्रता लिएका छन् । हालसम्म ३ सय मत गणना हुँदा राईले १ सय १६ मत प्राप्त गरेका छन् । 

धरानमा कांग्रेसको अग्रता

एमालेकी मेयर उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ले ६१ मत प्राप्त गर्दै उनलाई पच्छ्याइरहेका छन् । यसैगरी उपमेयरमा गठबन्धन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वोले ६७ मत प्राप्त गरेका छन् । धरानका १, २, ३ वडाको मतगणना गर्दा कांग्रेसले अग्रता लिएको हो । धरानको कुल १ लाख ३ सय २४ मत मध्ये ६२ हजार ८ सय ९७ मतमात्र खसेको थियो ।


प्रकाशित : वैशाख ३१, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?