कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा बदर मत बढ्यो

११ सय मत गन्दा २ सय ५ बदर
अमृता अनमोल

बुटवल —  बुटवलमा मत बदर हुने क्रम बढेको छ । १ हजार १ सय मत गणना गर्दा २ सय ५ बदर भएका छन् । मतदाताले उम्मेदवार नभएकै चिन्हमा पनि मत हालेका छन् । गठबन्धनबाट उपप्रमुखमा कांग्रेसका उम्मेदवार छैनन् । तर, अहिलेसम्म उक्त चिन्हमा ६७  मत आएका छन् । 

बुटवलमा बदर मत बढ्यो

अहिले बुटवल उपमहानगरपालिका - १ को गणना भइरहेको छ । उक्त वडामा स्वतन्त्रबाट पुतली चिन्ह लिएर वडाअध्यक्षमा उम्मेदवार छन् । त्यहाँ २३ वटा मत प्रमुख र उपप्रमुख दुबै पुतलीमा परेका छन् । हलो र रुख दुवैमा पनि मत परेका छन् । बुटवल उपमहानगरपालिकामा अहिले वडा नम्बर १ र १९ बाट मतगणना थालिएको छ । पछि गन्दै गरेका मतमा समेत बदर हुनेक्रम रहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

यसपालि गठबन्दनका कारण प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यमा फरक फरक चिन्ह छन् । यस्तोमा मतदाताले उमेदवार भए/नभएको नबुझी आफूलाई मन परेको दलको चुनाव चिन्हमा मत राख्दा बदर बढेको पौडेलले बताए ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?