बुटवलमा बदर मत बढ्यो

११ सय मत गन्दा २ सय ५ बदर

वैशाख ३१, २०७९

अमृता अनमोल

बुटवल —  बुटवलमा मत बदर हुने क्रम बढेको छ । १ हजार १ सय मत गणना गर्दा २ सय ५ बदर भएका छन् । मतदाताले उम्मेदवार नभएकै चिन्हमा पनि मत हालेका छन् । गठबन्धनबाट उपप्रमुखमा कांग्रेसका उम्मेदवार छैनन् । तर, अहिलेसम्म उक्त चिन्हमा ६७  मत आएका छन् । 

अहिले बुटवल उपमहानगरपालिका - १ को गणना भइरहेको छ । उक्त वडामा स्वतन्त्रबाट पुतली चिन्ह लिएर वडाअध्यक्षमा उम्मेदवार छन् । त्यहाँ २३ वटा मत प्रमुख र उपप्रमुख दुबै पुतलीमा परेका छन् । हलो र रुख दुवैमा पनि मत परेका छन् । बुटवल उपमहानगरपालिकामा अहिले वडा नम्बर १ र १९ बाट मतगणना थालिएको छ । पछि गन्दै गरेका मतमा समेत बदर हुनेक्रम रहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

यसपालि गठबन्दनका कारण प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यमा फरक फरक चिन्ह छन् । यस्तोमा मतदाताले उमेदवार भए/नभएको नबुझी आफूलाई मन परेको दलको चुनाव चिन्हमा मत राख्दा बदर बढेको पौडेलले बताए । 

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully