मनहरी–१ मा कांग्रेस विजयी

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका– १ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल करिब ७ सय मतान्तरले विजयी भएका हुन् । 

कुल १७ सय ८६ मत खसेकोमा विजयी भएका खनालले १ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन्  । उनको प्यानलका प्रदीप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ र सावित्री घिमिरे विजयी भएका छन् । 

खनालका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३ सय ९० मत पाएका थिए । समाजवादी र माओबादीका गठबन्धनले ३ सय १० मत पाएको थियो ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully