शिवनाथ–१ मा कांग्रेसका उम्मेदवार विजयी

वैशाख ३१, २०७९

तृप्ति शाही

बैतडी — शिवनाथ गाउँपालिका —१ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् ।

सात सय मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देवसिंह साउँदले ४ सय ७० मत ल्याएका छन् । वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully