दैलेख — जिल्लाको नौमुले गाउँपालिका १ मा नेपाली कांग्रेसतर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका रुपेश रानामगर विजयी भएका छन् ।
रानाले ४ सय मत प्राप्त गरेका छन । उनका प्रतिद्धन्द्धी रहेका नेकपा एमालेका नामाखर शर्माले ३ सय ८३ मत प्राप्त गरेका थिए । १७ मतको फरक पार्दै राना विजयी भएका हुन । यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गरेका छन । वडा सदस्यमा नेपाली कांग्रेसका लालबहादुर हमाल र भुवन शाही विजयी भएका छन । महिला सदस्यमा एमालेकी करिमा सुनार विजयी भएकी हुन । दलित सदस्यमा नरम सुनार विजयी भएको गाउँपालिका निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेले बताए । दैलेखका ११ स्थानीय तहमा नेपाली कांग्रेसले खाता खोलेको छ ।
फाटो :रुपेश राना मगर
