कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतले विजयी

घनश्याम खडका

मुस्ताङ — मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन् । उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ ।

घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतले विजयी

अन्तिम मतपरिणाम अनुसार कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए । अध्यक्षमा २ भोट मतान्तरले कांग्रेस विजयी भएका हुन ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।

मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित : वैशाख ३१, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?