बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

प्रकाश बराल

बागलुङ — बागलुङका तीन पालिकामा मतगणना जारी छ । तीनवटै पालिकामा गठबन्धनका उमेदवारले अग्रता लिएका छन् ।

गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । एमालेका पूर्ण काउचाले ३ सय ५० मत ल्याएका छन् । यहाँ स्वतन्त्र उमेदवार मञ्जु शर्माको १ सय ५९ मत छ ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ३ सय ६५ र स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन् ।

ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोकाको २ सय ९६ मतले अग्रता लिएका छन् । एमालेका थममाया घर्तीले १ सय २ मत पाएका छन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका सूर्यबहादुर घर्तीले १सय ४७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्तीमगरले १ सय १३ मत पाएका छ्न । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १ सय ५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

गैंडाकोट नगरपालिकामा कांग्रेसको अग्रता

नारायण शर्मा

पूर्वी नवलपरासी — गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट मेयरका उम्मेदवार मदनभक्त अधिकारीले ३ सय ४० मत ल्याएका छन् ।

एमालेका छत्रराज पौडेलले १ सय २७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । पौडेल यसअघि पनि यहाँका मेयर हुन् । कुल मतदाता ४७ हजार ७ सय १५ रहेको गैंडाकोटमा ३३ हजार ८ सय ८६ मत खसेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×