पाल्पाको पहिलो मत परिणाम : माथागढी- ८ मा कांग्रेसको प्यानलै विजयी - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

पाल्पाको पहिलो मत परिणाम : माथागढी- ८ मा कांग्रेसको प्यानलै विजयी 

माधव अर्याल

पाल्पा — पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ । 

बहादुरपुरबाट कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मत ल्याइएन् । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले प्रमुखमा ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याएकी छन् । पाल्पाको पूर्वखोला र रम्भामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर १ सिलुवाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका, बगनासकाली, तिनाउ, निस्दी, तानसेन नगरपालिकामामा मतगणना सुरु भएको छैन । रैनादेवी छहरा र रामपुर नगरपालिकाममा पनि अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेकाले केही समयमा सुरु हने मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए । निस्दीमा सहलकोटमा गठबन्धनका उम्मेदवारलाई हात हालेको विषयलाई लिएर सर्वदलीय बैठकमा विवाद भएपछि ढिला भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुकमांगद अर्यालका अनुसार शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको उनले जानकारी दिए । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।

१ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए । पाल्पाको रम्भा, माथागढी र पूर्वखोला गाउँपालिकामा शनिबार बिहानैदेखी मतगणना कार्य सुरू भएको छ । पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान भएको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

सैनामैना नगरपालिकामा एमालेको अग्रता

अमृता अनमोल

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकामा मतगणना जारी एमालेको अग्रता छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×