३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सानीभेरी- १ मा माओवादीको प्यानल नै विजयी

हरि गौतम

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । 

सानीभेरी- १ मा माओवादीको प्यानल नै विजयी

कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी भएका हुन् । खलेको पक्षमा २ सय ८१ मत आएको छ ।

उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।

जिल्लाका ७३ मध्ये यो वडाको नतिजा पहिलो आएको हो ।

जिल्लाको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना चलिरहेको छ । मुसीकोटमा कांग्रेसका महेन्द्र केसीले अग्रता लिएका छन् सानीभेरीमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले अग्रता लिएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?