सानीभेरी- १ मा माओवादीको प्यानल नै विजयी

वैशाख ३१, २०७९

हरि गौतम

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । 

कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी भएका हुन् । खलेको पक्षमा २ सय ८१ मत आएको छ । 

उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।

जिल्लाका ७३ मध्ये यो वडाको नतिजा पहिलो आएको हो ।

जिल्लाको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना चलिरहेको छ । मुसीकोटमा कांग्रेसका महेन्द्र केसीले अग्रता लिएका छन् सानीभेरीमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले अग्रता लिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully