बाबुरामको गृह पालिकामा जसपाको सुरुवाती अग्रता

वैशाख ३१, २०७९

हरिराम उप्रेती

गोरखा — बाबुराम भट्टराइको गृह पालिका पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी(जसपा)का प्रेम गुरुङले अग्रता लिएका छन् ।

नम्वर १ को आठ सय दुई मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले दुई सय ९१ मत ल्याएका छन् । कांग्रेस मेयर उमेदवार दिपकबाबु कँडेलले दुई सय १२ ल्याएका छन् ।

माओवादी मेयरका उम्मेदवार विवश चिन्तनले १ सय ७९ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेस उपमेयर उमेदवार चेतकुमारी श्रेष्ठले दुई सय ७ मत ल्याएकी छिन् । माओवादी उपमेयर उमेदवार वन्दना पाण्डेले १८४ र एमाले उपमेयर उमेदवार पार्वती पाठकले ६० मत ल्याएकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully