बर्दिया — बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दोब्बर मतले अग्रता लिएका छन् । कांग्रेसका मेयर उम्मेदवार मुक्तिनाथ यादवले ९ सय ५४ मत ल्याएर आफूलाई पछ्याइरहेका उम्मेदवार भन्दा दोब्बर मतले अग्रता लिएका छन् ।
गुलरिया नगरपालिकाको मेयरमा कांग्रेसलाई एमालेका अमरबहादुर खड्काले पछ्याइरहेका छन् । उनले ४ सय ५७ मत प्राप्त गरेका छन् । माओवादीका मेयर उम्मेदवार गेहेन्द्रप्रसाद ढकालले १ सय ८७ मत ल्याएर तेस्रो नम्बरमा छन् ।
जनमत पार्टी यो पालिकामा चौथो नम्बरमा छन् । जनमतका मेयर उम्मेदवार मंगरे गोडियाले ४३ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयरमा कांग्रेस उम्मेदवार सावित्रा गौतमले ९ सय ५३ मत ल्याएकी छन् । एमालेकी टिकाकुमारी समसेली मगरले ४ सय ५८ र माओवादीकी इन्दिरा सुवेदीले १ सय ७३ मत प्राप्त गरेकी छन् ।
