रामारोशन- १ को अध्यक्षमा माओवादी केन्द्र विजयी

वैशाख ३१, २०७९

मेनुका ढुंगाना

अछाम — अछाम  रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ । 

साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन् । 

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully