सैनामैना नगरपालिकामा एमालेको अग्रता

वैशाख ३१, २०७९

अमृता अनमोल

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकामा मतगणना जारी एमालेको अग्रता छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१  अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully