काठमाडौँ — रौतहटको गौर नगरपालिकाको मतगणना सुरू भएको छ । कुल मतदाता २० हजार ५५७ रहेकोमा १५ हजार ८१७ जनाले मत खसालेका थिए ।
त्यस्तै, दुर्गा भगवती गाउँपालिकाको पनि मतगणना सुरु भएको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।
रौतहटका ७ वटा पालिकाहरुमा शुक्रबार निर्वाचन सम्पन्न भएको थियो ।
