व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीमाथि कुटपिट

वैशाख ३०, २०७९

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिकामा मेयरका उम्मेदवार दिपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् ।  व्यास–८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदान स्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो ।

व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् ।  व्यास–८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदानस्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो । 

आक्रमणबाट जोशीको देब्रे आँखामाथि र टाउकोमा चोट लागेको छ । साथै जोशी चढेको गाडीसमेत युवाले पल्टाइदिएका छन् । जोशीलाई उपचारका लागि दमौली अस्पताल ल्याइँदैछ । अहिले उक्त मतदानस्थलमा मतदान कार्य स्थगित भएको छ । उक्त मतदान केन्द्रमा आफ्नो प्रतिनिधिबिनै मतदान गराइरहेको  भन्ने सूचना आएपछि जोशी त्यहाँ पुगेका थिए । त्यहाँ उनले  मतदान अधिकृतको हातबाट  तानेर मतपत्र नै च्यातेपछि कांग्रेस कार्यकर्ताले उनीमाथि आक्रमण गरेका थिए ।

उक्त मतदानस्थलमा पुग्दा आफ्ना एजेन्ट कोही नदेखिएपछि सोधपुछ गर्ने क्रममा आफूमाथि आक्रमण भएको जोशीले बताए ।  जोशी कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन । उनले एमालेसँग गठबन्धन गरी  मेयरमा उम्मेदवारी दिएका हुन् । रिस्ती कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँसमेत हो ।

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully