पाँचथरमा ४२ प्रतिशत मतदान

वैशाख ३०, २०७९

लक्ष्मी गौतम

पाँचथर — पाँचथरमा ४२ प्रतिशत मतदान भएको छ । जिल्लाका केही भागमा वर्षा भएपनि मतदान रोकिएको छैन । दिउँसो साढे एक बजेसम्म जिल्लाका एक सय एक मतदान केन्द्र्रबाट ४२ प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ आठ वटा स्थानीय तह छन् भने ती स्थानीय तहमा एक लाख ४० हजार २२४ मतदाता छन् ।

कार्यालयकाअनुसार केही ठाउँमा हल्का वर्षा भएपनि मतदान कार्यमा अवरोध छैन । जिल्लामा आठ सय ५४ उम्मेद्वार विभिन्न पदका लागि प्रतिश्पर्धामा छन् ।

स्थानीय तह निर्वाचन २०७९

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully