दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले शुक्रबार दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रारम्भिक तथ्यांकअनुसार देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् । 

प्रवक्ता पौडेलले शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए ।

'कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वाडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको छ,' आयोगका प्रवक्ताले भनेको छ, 'अपराह्न २ बजेसम्म देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।'

कतिपय जिल्लामा ५० प्रतिशतभन्दा बढी मत खसेका समाचार आइरहेका छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully