कञ्चनपुरमा ५० प्रतिशत मत खस्यो, गर्मी र वर्षाले मतदान सुस्त

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

कञ्चनपुर — स्थानीय तहको निर्वाचनमा कञ्चनपुर जिल्लामा साढे १ बजेसम्म आधा मतदाताले मतदान गरेका छन् । वर्षा र गर्मीका बाबजुद मतदान गर्नेको संख्या ५० प्रतिशत पुगेको बताइएको छ ।

कञ्चनपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार ५० प्रतिशतले मतदान गरिसकेका छन् । 'दिउसो वर्षा र गर्मीले मतदान सुस्त भइरहेको छ । साढे १ बजेसम्म ५० प्रतिशतले मतदान गरिसक्नुभएको छ,' उनले भने । 

पुनर्वास नगरपालिका १० बाहेक सबै मतदान स्थलमा मतदान भइरहेको धामीले जानकारी दिए । फर्जी मत परेको आशंकामा पुनर्वास १० मा मतदान स्थगित भएको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully