बाजुराको बूढीगंगाका केही मतदान केन्द्रमा झडप 

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाको वडा नं. ५, ९ १०, ७ र ३ का मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच आरोप प्रत्यारोप चर्किंदै गएर झडप भएको छ ।

५ र ९ नं. वडाका बुथ एमाले कार्यकर्ताले कब्जा गरी मतदान गरिरहेको तथा ७ नं. वडाको मतदान केन्द्र कांग्रेस समर्थकहरूले कब्जा गरेको आरोप लागेको छ ।

बाजुराका निर्वाचन अधिकृत माधव घिमिरेले  भने बुढीगंगा नगरपालिकाको  वडा नं. ९, १०, ५, ७ र ३ का मतदान केन्द्रमा विवाद उत्पन्न भएर रोकिएको मतदान कार्य सबै सुरु भएको बताए ।  ३ नं. वडामा भने मतदान कार्य रोकिएको उनले बताए । मतदान कार्य सुरु गर्न दलहरुबीच छलफल भइरहेको उनको भनाइ छ ।

निर्वाचन अधिकृत घिमिरेले बाहिर आएको हल्ला जस्तो अवस्था नरहेको बताएका छन् । उनले मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको र सेनासमेतले गस्ती गरिरहेको जानकारी दिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully