कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हावाहुरीसहितको वर्षाले सिन्धुलीमा मतदान अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — हावाहुरीसहितको वर्षाका कारण सिन्धुलीको तीनपाटन गाउँपालिकाका भिमस्थान, बेलघारी र दुधौली नगरपालिकाको सिर्थौली क्षेत्रका केही केन्द्रमा मतदान अवरुद्ध भएको छ । मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतपेटिका भने सुरक्षित राखेको मुख्य निर्वाचन अधिकृतको काार्यालयले जनाएको छ ।

हावाहुरीसहितको वर्षाले सिन्धुलीमा मतदान अवरुद्ध

वर्षा रोकिनासाथ मतदान पुन सुरु हुने मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले जानकारी दिए । सिन्धुलीमा दिउँसो एक बजेसम्म ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ वटै स्थानीय तहमा गरी ४० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले जानकारी दिए ।


प्रकाशित : वैशाख ३०, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?