मुस्ताङमा ५०, म्याग्दीमा ४० प्रतिशत मत खस्यो

वैशाख ३०, २०७९

म्याग्दी — म्याग्दीमा एक जना तेस्रो लिङ्गीसहित ८५ हजार ३ सय ७५ मतदातामध्ये दिउँसो १२.३० बजेसम्म ३२ हजार २ सय १६ (३९.६ प्रतिशत) मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

म्याग्दीमा ७४ मतदानस्थलका १ सय १४ मतदान केन्दमा छिटफुटबाहेक मतदान शान्तिपूर्ण चलिरहेको छ । बिहान ११ बजेतिर बेनी नगरपालिका, ६ थाकनपोखरी मतदान केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताले एमालेका वडाध्यक्ष उम्मेदवार कृष्णसिं बानियाँलाई पछाडिबाट प्रहार गरेपछि केहीबेर तनावपूर्ण भए पनि पछि अवस्था सामान्य अवस्थामा चलेको छ ।

त्यसैगरी हिमालपारीको मुस्ताङमा पनि दिउँसो १२.३० बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत रुमानाथ ज्ञवालीले बताए । 

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully