पूर्वी नवलपरासीमा ४७ प्रतिशत मत खस्यो

वैशाख ३०, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — २ सय ९९ मतदान केन्द्र रहेको पूर्वी नवलपरासीमा शुक्रबार दिउँसो साढे एक बजे सम्म कूल ४७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ । मतदाताको उत्साहजनक सहभागिता रहेको छ । कूल २ लाख ५४ हजार ६ सय १५ मतदाता रहेको पूर्वी नवलपरासीमा शुक्रबार दिउँसोसम्म १ लाख १९ हजारभन्दा बढी मत खसेको छ ।

दिउँसो १२ बजे पानी परेका कारण करिब ४५ मिनेट सबै स्थानमा मतदान रोकिएको थियो । पानी रोकिएपछि पुन: मतदान भइरहेको छ । यहाँका ८ वटा पालिकामा ९२ वटा वडा रहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully