तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३ को कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा इच्छाएको व्यक्तिले मतदान गर्ने विषयमा विवाद हुँदा मतदान स्थगित भएको छ ।
सत्ता गठबन्धन दलका कार्यकर्ताले एकाघरका परिवारभन्दा बाहिरका व्यक्तिलाई पनि मतदाताले इच्छाएको व्यक्ति आफू भएको भन्दै मतदान गर्न आएपछि विवाद सृजना भएको हो ।
मतदान अधिकृत विष्णुप्रसाद पोखरेलले अपरान्ह १ः३० बजे देखि दुवै पक्षलाई राखेर आपसी सहमति गराउने प्रयास गरेपनि सहमति हुन नसकेको बताए । सहमति नभएपछि अहिले मतदान स्थगित भएको छ ।
सो मतदान केन्द्रमा ८ सय ६० मतदाता छन् । तीमध्ये अपरान्ह १ : ३० बजे सम्ममा ३ सय ६० मतदाताले मात्र मतदान गरेका छन् ।
