रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

रौतहट — रौतहटको गढिमाइ नगरपालिकामा कसलाई मतदान गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा परी तीन जना घाइते भएका छन् । यहाँको  सिङगारमनमा भोट खसाल्ने बेला इच्छाएको ब्यक्ति रोज्ने क्रममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

अहिले यहाँ व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  झडपपछि मतदान रोकिएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully