कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अपडेट

१६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर

काठमाडौँ — स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ ।

१६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर

कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ ।

दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन् ।बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता विष्णुकुमार केसीले झडप भएका अधिकांश स्थानको स्थिति नियन्त्रणमा आइसकेको र मतदान सुचारु भएको जानकारी दिए । उनले अहिलेसम्म झडप भएका स्थान मध्ये सर्लाहीको धनकौलमा मात्र मतदान रोकिएको जानकारी दिए ।

प्रकाशित : वैशाख ३०, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?