कांग्रेस महामन्त्री गगन थापाले गरे मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । महामन्त्री थापाले काठमाडौंस्थित मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट मतदान गरेका हुन् ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो ।

 

०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully