बैतडीमा मतदान गरेर फर्केका वृद्वको मृत्यु

वैशाख ३०, २०७९

तृप्ति शाही

बैतडी — बैतडीमा मतदान गरेर फर्किएका एक वृद्वको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-३ कफल्टाका ८४ वर्षका हरिसिंह भाट रहेका छन् ।

सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा मत हालेका उनी त्यहीँ ढलेका थिए । उपचारको लागि स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully